Thursday, July 10, 2008
Tuesday, July 1, 2008
खस्कदो निर्यात
Monday, June 23, 2008
"राष्ट्रपति पद" का कारण पारपाचुके
राष्ट्रपतिका लागि भएको महाभारत सहन नसकी यो खोक्रो दिमागमा केही हावा कुरा खेल्न थाले र केही लेख्न मन लाग्यो । विश्वमै उत्कृष्ट राजनैतिक मोर्चा र सहमति निर्माण गर्दै अघि बढेका काँग्रेस र बाम घटकहरुबिचको सहकार्य र सहयात्रा अन्ततोगत्वा पारपाचुकेको स्थितिमा पुगेको छ । माले, मसाल र मण्डले एकै हुन भन्ने प्रधानमन्त्री कोईराला नेपाली राजनीतिमा माओवादीको शसस्त्र जनयुद्धको खतरनाक उडानलाई शान्तिपुर्ण अवतरण गराउन तिनै माओवादीको साथ दिन पुगे । एक हिसाबले हेर्ने हो भने ठुला सत्रुलाई पराजित गर्न साना सत्रुको साथ लिएर त्यसलाई निमिट्यान्न पार्ने र पछि तिनैको छातीमा टेकी टाउकोमा प्रहार गर्ने माओवादी नीति यहाँ आएर सफल भएको छ । काँग्रेस र एमालेका एकाध गम्भिर त्रुटीका कारण माओवादीले आफ्ना एजेण्डाहरुलाई अकाट्य र अपरिहार्य सावित गरिदियो । राजालाई हर हालतमा मास्ने नीति सफल पार्न काँग्रेससँग मिल्यो तर काँग्रेसको यो सहकार्य बाध्यता थियो अनि माओवादीको कुटनीति । अव राजतन्त्र मासिए पछि माओवादी र काँग्रेस पारपाचुकेको स्थितिमा पुगेका छन् । पहिला कोईराला नेतृत्व अत्यावस्यक लाग्यो माओवादीलाई तर अब अहिले माओवादी कोईरालालाईनै मिल्काउने तयारीमा जुटेको छ । कोईराला कसैसँग पनि घुँडा नटेक्ने वताउँछन् तर स्थिति घुँडा टेक्नै पर्ने देखिइएको छ । राजापछि माओवादीको निसाना काँग्रेस देखिइएको छ । बाम एकता र ध्रुविकरण भएमा काँग्रेसको गौरवमय राजनैतिक हैसियतमा गम्भिर धक्का लाग्नेछ । कोईरालाको एकछत्र शासन रहेका बेला फुलेर फलेर आएको माओवादी बिद्रोह एक हदसम्म सत्ताको गन्तव्यमा आईपुगेको छ । युद्धको मोर्चामा त माओवादीले जिते जिते अब चुनाबी मोर्चामा पनि कोईरालाको हार भएको छ । माओवादीलाई जनमत प्राप्त नहुँदै संविधानसभाको चुनाव गराएको भए सायद आज कोईराला विश्वकै उत्कृष्ट शासक बन्ने थिए होलान् अनि १५००० मानिसहरुको ज्यान र अर्बौको भौतिक क्षति राज्यले ब्यहोर्नु पर्ने थिएन । इतिहास मेट्न कसैले सक्दैन नत्र माओवादीलाई कोईराला छाडेर रामराजा भन्ने नामै नसुनेको व्यक्ति खोज्न जानुपर्ने थिएन । पार्टीभित्र तिव्र विवाद र असन्तुष्टि हुँदाहुँदै पनि गणतन्त्र स्विकार्नु कोईरालाको अर्को पराजय थियो किनकि त्यो माओवादीको एजेण्डा थियो । काँग्रेस यो ऐतिहासिक निर्णयपछि जनताको रहर बुझ्न तिर त लाग्यो तर माओवादीले एउटा अर्को मोर्चामा बैधानिकता हासिल गर्यो । प्रचण्डपथले माओवादीलाई सत्तमसम्म त पुर्यायो तर उसको आगामी दिनहरु कस्ता हुनेछन् त्यो त भविष्यको गर्भमा नै लुकेको छ । तर यदि यहि नै कोईरालाको राजनैतिक अगुवा नेतृत्वको अवसान भएमा त्यो दुखद हुनेछ । राजनैतिक स्थियित्व कायम गर्न कुनै एक पक्षले हार्नु अत्याबस्यक छ र सायद अव काँग्रेसको राजनैतिक एकाधिकारको पनि करिब करिब अन्त्य भएको छ । अरुको अन्डरमा काम गर्दिन भनेर कोईरालाले भनेका छन् अनि माओवादीले गर्दन फुलाएर मै नेतृत्व गर्छु भनेको छ । बिगतमा एमाले र माओवादीभन्दा मात्र १० सिट बढि भएकोले ठुलो पार्टीका हैसियतले काँग्रेसले अर्थ, रक्षा, गृह, प्रधानमन्त्री लगायतका पदहरु पाएको थियो र माओवादी त्यही परम्परालाई कायम राख्न चाहन्छ तर काँग्रेस नेपाली राजनीतिमा आफ्नो बोलवाला गुमेको हेर्न चाहदैन । कोईरालालाई राष्ट्रपति दिनु भनेको प्रचण्डसँग कुस्ती खेलाएर संविधान निर्माणमा अलमल गर्नु हो । कोईराला हारको बदला लिने सुरमा कस्सेर लागेका छन् । सेना कोईरालाकै अधिनमा बस्न चाहन्छ । सेनाले बिद्रोह गर्लाकि भनेर सायद नडराए होला किनकि कोईराला र राजाका बफादारहरु कमै होलान् त्यहाँभित्र । त्यसैले कोईराला अब नेपाली राजनीतिमा या त गान्धीझैँ अभिभावक भएर बस्ने या त राजनीतिबाट सन्यास लिएर नरहरी र गगन थापाजस्ता उदाउँदा सुर्यहरुलाई पार्टी चलाउने जिम्मेवारी दिने । यो समय युवाहरुको हो । समय हाम्रो हो ।
Sunday, June 22, 2008
बाल श्रम उन्मुलनः नारामै सीमित
Wednesday, June 18, 2008
बिगतलाई फर्केर हेर्दा
Friday, June 6, 2008
जनआन्दोलन जारी छ !!!
राज्य अब ऐतिहासिक मोडमा पुगेको छ । संक्रमणकालको अत्यन्त नाजुक अवस्था सफलतापुर्वक पार गरिसकेपछि जनताले बिभिन्न आशा र आशंकाका बिच नयाँ (समृद्ध आधुनिक र न्यायपुर्ण) नेपालको सपनालाई साकार पार्ने प्रण गरेका छन् । अब राज्य एकाध व्यक्ति र समुहको स्वार्थको निम्ति चलाइने परम्परा तोडिनु पर्छ । राष्ट्रिय स्वाभिमान, पहिचान र एकतामाथि कुनै सम्झौता नगर्न अबको नेतृत्वलाई बारम्बार खबरदारी गर्नुपर्छ । साँढे दुई करोड नेपालीमध्ये कोहि पनि दायित्व एक अर्कालाई पन्छाई उम्कन मिल्दैन । ६०१ जना मात्रले केहि गर्न सक्दैन तसर्थ हामी सबै मिलेर उनीहरुको साथ दिनुपर्छ । राष्ट्रिय सम्पत्ति र सम्पदाहरुको आत्मघाती सम्झौताहरुमा सम्भव भए पुनरावलोकन गरिनुपर्छ र भविष्यमा त्यस्ता गतिविधिहरु गर्न गराउन दिनुहुदैन । हामी जनता अब वाचडग को भुमिकामा रहनुपर्छ । तेलको राजनीतिले त देशलाई खायो खायो अब चाँडै खाद्यान्नको राजनीति हुदैछ । यदि हामीले आफुलाई पुग्ने गरी कृषि उत्पाकत्व बढाएनौ भने हामी निकट भविष्यमानै अर्का चरम संकटमा फस्नेछौ। तर अब संयम भएर लाग्नुपर्छ । हामीसँग पानि छ सायद भविष्यको कुनै पानामा हामी पनि पानिको राजनीति गर्न सफल हुनेछौँ । भनिन्छ भारतलाई गास बास कपासभन्दा पनि बढि पानिको जरुरत छ । उ सँग धेरै खेतियोग्य जमिन छ तर पानि छैन । त्यसैले भारतले गंगा, ब्रम्हपुत्र टिस्टा जस्ता बिशाल नदिहरु जोडि भिमकाय नहरहरु बनाउने योजना ल्याएको छ जसलाई River linking Project नाम दिइएको छ । यदि त्यो योजना सफल भएमा हल्दिया बन्दरगाहमा चल्ने पानिजहाजहरु रुसको भोल्गा वाल्टिक नहरहरुभन्दा बिशाल नहरहरुमार्फत देशका भित्रि भागसम्म पुग्नेछन् फलस्वरुप भारतलाई कृषिले अतुलनिय रुपमा अगाडि लैजानेछ । त्यसले बंगालको खाडिमा खस्ने नदिहरुलाई सम्भवतः हिन्द महासागरमा खसाल्नेछ । तर त्यसको असर बंगलादेशलाई मात्रै नभई सबै एसियाली मुलुकहरुमा पर्नेछ मौसम परिवर्तनको कारण । भारत नेपालबाट बिशेषतः बिजुली र पानि चाहन्छ । नेपाली नदिहरुमा नेपालभित्रै बाँध बाँधि भारत पुर्याउने र नेपाल डुबाई भारतको उद्धार गर्ने उसको नीति केहि हदसम्म सफल भएको छ । भारतको बिकास होस् ठिक छ तर भारतलाई राम्रो बनाउन नेपाल बिगार्न मिल्दैन । वर्गसंघर्ष बाहेक सायद भारत र बिदेशप्रतिको अनाबश्यक बफादारिता र देशप्रतिको घात नै कथित जनयुद्ध र संघर्षको कारण थियो । तर अब हामी सचेत हुनु जरुरी छ । यदि बिकास गर्ने हो भने राज्य बलियो हुनुपर्छ । नेपालमा अमेरिकि, भारितय, चिनिया कुनै मोडेलको नीति हुबहु नल्याई तीनीहरुको राम्रा पक्षहरुलाई मात्र अनुसरण गर्नुपर्छ । पेट्रालको खपत कम गर्न धेरै यात्रु ओसार्न सक्ने ठुला गाडिहरु चलाउनु पर्छ र तीनीहरु बिजुलीबाट चलाउनु पर्छ । जनसंख्या बृद्धि कम गर्न बिशेष जोड दिइनुपर्छ । बिदेशिइएका दक्ष जनशक्तिलाई देशमा फर्कने वातावरण बनाउनुपर्छ । म बरु दिनमा एकछाक मात्र खाएर बाँच्न तयार छु तर स्वाभिमानी र आत्मनिर्भर देशको नागरिकका रुपमा बाँच्ने वातावरण बनाइयोस् । त्यसैले जनआन्दोलन सकिएको छैन र जारी रहिरहनेछ अबको नेतृत्वलाई सहयोग सहजिकरण र खबरदारी गर्न । जय नेपाल !!!!
Saturday, May 31, 2008
माओवादी झन्डामा अमेरिकि
Thursday, May 29, 2008
गणतन्त्र उर्लेर आयो……
"गणतन्त्र उर्लेर आयो, आउने थिएन जनताले बोलायो...." हँसिया हथौडाको चिन्ह कोरिएको लाल झन्डा बोकेर उर्लेको जनसागर नयाँ बजार पुग्दा यहि भाकामा गीत गाएको मैले सुनेँ । अलि पर पुग्दा केहि युवाहरुले राजतन्त्र बिरुद्धको आक्रोश पोख्दै गाए "के हुन्छ कुन्नी, किन होला हत्यारो ज्ञानेलाई छप्काउँदै हुन्नी...." केहि महिला र पुरुषहरु भने गाउँदै थिए "सीमली छायाँमा बसी भरिया लामो सास फेरेको उमेर भइसक्यो असी झन ठुला दुःखले घेरेको..." आँतै सुक्ने टन्टलापुर घामदेखि कदापि बिचलित नभई लाखौँ जनता सडकमा ओर्लेको मैले देखेँ । घरका छतहरुबाट गणतन्त्र स्वागत जुलुसमाथी ठाउँ ठाउँमा जग/पाइपमार्फत पानि छरेर समर्थन र ऐक्यवद्धता जनाएको दृष्यले जुलुसका अन्य सहभागिलाई झैँ मलाई पनि कम्ति पुलकित गराएन । बच्चा बुईमा बोकेर स्वागत जुलुसमा सहभागि हुनेको संख्या पनि कम थिएन । मैले तत्काल एउटा बिदेशी साथीले भनेको सम्झेँ "नेपालीमा राजनैतिक चेतना निकै कम छ जस्तो मलाई लाग्यो ।" सोचेँ "उसलाई फोटो र भिडियो खिचेर पठाइदिउँ नेपालीको राजनैतिक चेतना बलियो भएको प्रमाण दिन ।" पन्चै बाजामा मलाई पनि छमछम नाचुँ जस्तो लाग्यो । सबै दल मिलेर जुलुस निकालेको हेर्ने र त्यसमा सहभागि हुने रहर भए पनि त्यो जुलुसमा अरु दलहरुको सहभागिता थिएन । रत्नपार्क पुग्नै लाग्दा एकाएक मैले पनि आफ्नो बेसुरे तालमा गाएँ अरुलाई साथ दिन "गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ...।" एकछिनपछि मलाई आफुले दुवै हात मुठ्ठी बटारेर माथि उचालेको आभास भयो । फोटो खिच्न व्यस्त म कतिखेर क्यामेरा थन्काई मुठ्ठी बटार्न पुगेछु थाहै भएन । मैले मुठ्ठी फुकाउने प्रयत्न गरिन । माइतिघर मण्डला पार गरिसकेपछि एउटा अनौठो दृष्य देखेँ, देखेँ एउटा बिदेशी माओवादीको झन्डा बोकी जुलुसको एउटा भागको नेतृत्व गरिरहेको छ । उ नारा लगाउँदै थियो "पारस गुण्डा" अरुहरु सघाउँदै थिए "रुखमा झुन्डा" । फेरी एकछिनपछि उ चिच्याउँथ्यो "ज्ञाने चोरू" अरुहरु पछ्याउँदै भन्थे "देश छोड ।" उसको जोस र उत्साह देख्दा मलाई पनि उफ्रुँ उफ्रुँ लाग्यो । अन्तराष्ट्रिय सम्मेलन केन्द्र पुग्दा सुर्य र तारा अंकित झण्डाहरु पनि देख्दा अझ खुसी लाग्यो । जे होस ढिलै भएपनि माओवादीको संविधानसभा र गणतन्त्रको एजेण्डालाई अरु दलहरुले स्विकारेको देख्दा आनन्दित भएँ । सायद अब देशमा शान्ति र समुन्नती देख्न पाइएला कि ? अब साँढे दुई करोड नेपाली फुटेर होइन जुटेर आधुनिक समृद्ध र न्यायपुर्ण नेपालको निर्माणमा लाग्नुपर्छ ।
Wednesday, May 28, 2008
Monday, May 26, 2008
Friday, May 23, 2008
Sunday, May 18, 2008
प्रसङ्ग उच्च कोशी बाँधको
नेपालमा निकै नै आलोचित तर भारतका लागि निकै नै बहुप्रतिक्षित एवं महत्वाकांक्षी उच्च कोशी बाँध अहिले व्यापक बहसको बिषय भएको छ । बिहार डुब्न नदिनको लागि पूर्वी नेपाल जलमग्न गराउने भारतको योजना सफल भयो भने नेपालको लागि टनकपूर भन्दा हजारौ गुणा आत्मघाती हुन जानेछ । आशा गरौँ नयाँ नेतृत्वले राष्ट्रिय स्वाभिमान र जनताको भलाई सुनिश्चित गरी हामीलाई पहिलाकाले झै निराश बनाउने छैन ।
Friday, May 16, 2008
धन्यवाद दिदी !
नजिकै पसल छ । पसलमा काम नभएको बेलामा यी दिदी यस्तै ऊनी धागो बनाउने काम गर्छिन् । गाउँ घरमा सिकेको सिप अहिले उनलाई काम लागेको छ । "कहिले काहिँ त महिनाको दुई तीन हजार सम्म कमाई हुन्छ" आफ्नो कामप्रति गर्व गर्दै उनले सुनाइन् । "पसलमा सँधै काम हुदैन त्यत्तिकै के बस्नु भनेर यो काम थालेकी" पसलमा भर्खरै आएका दुई जना ग्राहकलाई एकछिन पर्खने इसारा गर्दै उनले भनिन् । हातमा सीप भएका कैयौँ नेपाली महिलाहरु फुरसदमा या त प्रायः टेलिभिजनको अगाडि झुम्मिरहेका हुन्छन् या त अनाबस्यक गफ गाफमा दिन बिताइदिन्छन् । समयलाई कुनै उत्पादक काममा मात्र खर्च गर्नुपर्छ भन्ने सोच हामी नेपालीलाई पनि आईदिए कति जाति हुन्थ्यो हगि ? अनपढ तर पनि शिक्षित र उद्यमशिल यी दिदीलाई मेरो लाख लाख धन्यवाद छ ।
Thursday, May 15, 2008
बहस तिव्वतको
बिगत् केहि हप्तादेखि मेरा दिनहरु निरस र निस्सार लागिरहेछन् । पूरा देशनै आशावादी भैरहेको स्थितिमा ममा भने त्यसको बिऊ पनि छ जस्तो लागको छैन । यसैबिच एक साँझ इमेलमा बेनलॆ (चिनजानको बेल्जियमको युवा जो नेपालमा गा्रमिण पर्या पर्यटनको बिकास गर्न सकिन्छ कि भनेर लागिपरिरहेको छ) लेखेको रहेछ "म भोली तिम्रो गाउँ जाँदैछु मैले टिकट किनिसकेँ । तिमी कहाँ छौ? काठमाडौँमा नै थिए, घर जानु पर्ने भयो। भोलीपल्ट गाउँ पुगिसकेपछि सुरु भयो उसका निरास कहानीहरु । बिगत दुई तीन महिनामा? उसको काम नै पश्चिमा पत्रकारहरुलाई नेपालमा भैरहेको "स्वतन्त्र तिब्बत अभियान" का बारेमा रिपोर्टिङ गर्न सघाउने भएको रहेछ । ऊ गुनासो गर्दै थियो "पश्चिममा हरेक अखबार र अन्य मेडियामा चीन बिरोधी/तिब्बत समर्थकहरुका गतिविधिका बारेमा पहिलो तथा प्रमुख खबर बन्छ तर मित्र तिमीहरु भने यसलाई वास्तै गरिरहेका छैनौ । यस बारेमा नेपाली मेडियामा भित्री पेजमा वा खबरको अन्त्यमा केहि शब्दहरु मात्र म देखिरहेको छु । हरेक दिन नेपालमा तिब्बती शरणार्थीहरुको शान्तिपूर्ण बिरोध कार्यक्रममाथी प्रशासनले निर्मम तरिकाले दमन गरिरहेको छ । तर पनि तिम्रो मेडिया भने यसबारे चुपचाप छ । हेर जो कोहिलाई पनि आफुलाई चित्त नबुझेको बिषयमा बिरोध/असन्तुष्टी प्रकट गर्ने अधिकार छ चाहे त्यो महाशक्तिसाली चीनकै बिरुद्ध किन नहोस् । तिब्बतीहरुलाई पनि स्वतन्त्र र आत्मसम्मानपुर्वक बाँच्ने अधिकार छ र त्यसका लागि नै उनीहरु संघर्ष गरिरहेका छन् । मैले सोधेँ "पश्चिमाहरु के चाहन्छन् ?" उसले उत्तर दियो "स्वतन्त्र तिब्बत जुन तिब्बतमाथी चिनिया नियन्त्रण हुनुपूर्व थियो ।" म शसङ्कित भएँ "स्वतन्त्र तिब्बतको अर्थ के हो? नेपाल र चीन बिच तिब्बत नामको अर्को मुलुक ? वा तिब्बतीहरुको सर्वमान्य मानव अधिकारको शुनिश्चितता जस्तो की देशका नागरिकले पाउनुपर्ने अधिकारू ? उसले यस पटक होसियारी पूर्वक मेरो जिज्ञासा मेटाउने प्रयास गर्यो "तिब्बतीहरु पहिले त उनीहरुको परम्परागत सांस्कृतिक अधिकार चाहन्छन् जसमाथी अस्वभाविक तरिकाले चीन सरकारले नियन्त्रण गरिराखेको छ । त्यसपछि स्वशासित क्षेत्र तिब्बतलाई केन्द्र सरकारले बढि अधिकार दिनुपर्छ आत्म निर्णयको अधिकार सहित । र यदि कालान्तरमा तिब्बतीहरुले छुट्टै मुलुक बन्ने चाहाना गर्छन भने उनीहरुले त्यो अधिकार समेत पाउनेछन् ।" म फेरी अलि बढि नैँ पडकेँ "चीन टुक्राएर तिमी के पाउँछौ ? हामी के पाउँछौँ ? मलाई जहाँसम्म लाग्छ नेपाल अमेरिकाको लागि चीन बिरुद्धको गोटी बन्नु हुँदैन । हामी हाम्रो उन्नतीशील र सोझो छिमेकीसँग सुमधुर सम्बन्ध चाहान्छौ । फेरी आफ्नै दुःख तीन तला भनेझैँ भएको बेलामा अरुका बारेमा टाउको दुखाउने बेला हाम्रो छैन । अर्कालाई डेरा आँखाले हेर्यो भने पनि मानव अधिकारको हनन भयो भन्ने तिमीहरु केवल एक लादेन र सद्दाम हुसेनका लागि अमेरिकाले दशौँ लाख निर्दोष जनताको निर्मम हत्या गर्दा कहाँ थियौ ? मलाई लाग्छ अहिलेको फ्री तिब्बत मुभमेन्ट पनि अमेरिकाकै एक चाल हो र तिमीहरु चलाख तर मुर्ख गोटीहरु । साथी यदि देश टुक्रनु तिमीले भनेझैँ सामान्य हो भने तिमीहरुले पनि तुरुन्त फ्लेमिसहरुको बाहुल्यता भएको उत्तरी बेल्जियमलाई उनीहरुले चाहे झैँ अलग हुन दिनुपर्छ । एउटा स्वतन्त्र र छुट्टै युरोपेली मुलुक हुन दिनुपर्छ बेल्जियमबाट अलग्गिएको ।" उ मेरो लामो र उसको बिचार प्रति तिव्र असहमति जनाउने खालको भाषणले अवाक् भएको जस्तो लाग्यो । केहि दिन अघि उसले भनेको थियो कि उसको देशको उत्तरी भागमा छुट्टै मुलुकको माग भइरहेको छ । उत्तरी भाग धनी छ र उनीहरु सम्पन्न भाग अलग्याउन चाहान्छन् । त्यसदिन बेलुकी खाना खाने बेलामा फेरी उसले भन्यो "धन (उसको गाइड) ले पनि तिम्रो जस्तै कुरा गर्यो ।" मैले थाहा पाएँ उ अब सार्है नै बिरक्तिइसकेको छ । सुत्ने बेलामा मैले उसलाई फुल्याउने प्रयास गर्दै भनेँ "दिउँसोको कुराले तिमीलाई नराम्रो त लागेको छैन नी ?" ऊ केही जवाफ नै नदिई अर्को पट्टि फर्कियो अनि म पनि बिनासित्तिमा मोरो सँग पड्केछु भनेर पछुताउँदै निदाउने प्रयास गर्न थालेँ उ भने घरी यता त घरी उता गर्दै रात कटाउँदै थियो ।
Subscribe to:
Posts (Atom)




