Wednesday, November 28, 2007

क्या राम्रो आहा !



यो नाच बाली नाली राम्रो होस् अनि गाउलेहरुलाई कुनै दुःख नपरोस् भनेर नाचिन्छ । गत्लाङका यी साथीहरुले यो रक्सी एकै दिनमा सिध्याउने रे अनि तामाङहरु गरिव नभएर को हुने त? खान लाउन धौ धौ छ फेरि त्यत्रो रक्सी चाहियो ?

यो भाई कहिले विद्यालय जाने?


रसुवामा अझै थुप्रै बालबालिकाहरु विद्यालय बाहिर छन् । सबैका लागि शिक्षा कार्यक्रमले उनीहरुलाई समेट्न सकेको छैन ।

Friday, August 10, 2007

हामि पनि ट्रेकिङ जाने!!


यि कलिला नानिहरुपनि सात समुद्र पारिबाट यहाँ ट्रेकिङ जान भनेर नै आएका हुन। लाङटाङ जाने भनेर लौरो टेक्दै धुन्चेबाट हिँडदा मैले यो फोटो र जानकारि पाएँ।

चिज भनेको चिजनै हो नि....



डि डि सि को यो चिज फ्याक्ट्री विक्रम सम्वत २०२८ सालमा स्थापना भएको हो। दैनिक २००० लिटर भन्दा बढि चौँरिको दुध खपत हुने यस फ्याक्ट्रीले याक चिज उत्पादन गर्छ, जुन उच्च गुणस्तरको मानिन्छ। यहाँ उत्पादन हुने चिज काठमाडौँमा सजिलै खपत हुन्छ। यसो एक दुई किलो चिज किनिहल्ने पो हो कि? चाखि हेरौ न हामि पनि कस्तो हुँदो रहेछ।

डाँडैमा मेला लागेछ, रसुवाले बोलाईरहेछ.......





हरेक बर्षझैँ यस बर्ष पनि गोसाईकुन्डको मेला सुरु हुनै लागेको छ।यस बर्ष करिव २५००० जनाले गोसाईकुन्डको दर्शन गर्ने अनुमान गरिएको छ। थुप्रै स्थानमा अस्थाई थर्पुहरु राखिएका छन। यो उत्साहको बिच मुलखर्कको पहिरो कठिन चुनौति भएको छ। गोसाईकुन्डमा नुहाउनाले पापबाट मुक्ति पाईन्छ भन्ने विस्वाश गरिन्छ। समुद्र मन्थन गर्दा निस्केको कालकुट विष शेवन गर्दा भएको डाहलाई शान्त पार्न भगवान शिवले त्रिशुलले पहाड खोप्दा चिसो पानि निस्कियो र त्येहि पानि खाई विषको डाह शान्त पारेका थिए भन्ने पौराणिक कथन छ। अत: हामि सबैले यो महान धार्मिक स्थलको भ्रमण गरि पुण्य कमाऔँ र आन्तरिक पर्यटनलाई प्रवर्दन गरौँ। गोसाईकुन्डमा सम्पुर्ण भक्तजनहरुलाई स्वागत छ।

Monday, August 6, 2007

पहिरोले दिएको पीडा




रसुवाको कालिकास्थान र जिबजिबेको विचमा रहेको धोबि खोलामा गएको पहिरोले गर्दा हज्जारौँ स्थानियबासीहरुले दुख पाईरहेका छन। यो पहिरोले रसुवाको दक्षिणि भेगलाई प्रमुख वजार कालिकास्थानसँग छुट्याएर पुर्वि भेगलाइ दुर्गम मात्र बनाएको छैन, बिकास प्रक्रियामा यहि पहिरोले वाधा पुर्याएको छ। के गर्नु, प्रक्रितिनै विरुद्दमा लागेपछि? रोकथामका प्रयासहरु नभएका होइनन् तर पनि समस्या यथावत नै छ।

Wednesday, August 1, 2007

मोह लाहुरको

केटि सारै हतार देखिन्थी। तिन बर्ष अघि भेटदा उ निक्कै सोझि लाग्थ्यो मानौँ, उ सजिलै बेचिन सक्थी। तर आज उ अर्कै भएकि छे, बाठि अनि सचेत। उसको केहि दिनपछि फ्लाइट छ ओमानको। न त उसलाई त्यहाँको भाषा आउँछ, न त कुनै सिप नै छ उसँग। फेरि एउटा घरमा काम गर्न जान लागेकि छ। तलब पनि १८००० मासिक रहेछ। पैसा त राम्रो रहेछ अझ आफ्नै दिदिले बोलाएको त्यहाँ। तर पनि मलाई त्यो केटिले सोचेजस्तो होला भन्ने लाग्दैन। उ त्यहाँ शोसित हुने सम्भाना ज्यादै छ। न त उसलाई त्यहाँको भाषा आउँछ, न त कुनै सिप नै छ उसँग, त्यसैले उ माथि यौनशोषण हुने सम्भावना छ। या त उ त्यो खतरालाई सामान्य सोचिरहेकि छ या त उ यसबारेमा अनभिज्ञ छे। बढ्दो बिदेश मोहको साथै चुनौतिहरु र खतराहरु पनि हामिमाझ छन्। बिदेशिने परम्पराको साथै आउने यस्ता खतराहरुलाई सामना गर्न सरकार र सबै सरोकारवालाहरु लागिपर्नुपर्छ। नत्र एच आई भी को साथै अन्य समस्याहरु देखा पर्नेछन्, जुन हामिलाई निक्कै महगोँ पर्नेछ। अहिले यो केटि जस्ता हज्जारौँ महिलाहरु बिदेशिएका छन्, जो दुर्ब्यबहारमा फस्ने खतरा छ, अत हामि सबै यसप्रति सचेत हुनु आवश्यक छ।

Monday, July 23, 2007

हेटौँडा एक आकर्षक गन्तब्य






सहिद स्मारक हेटौँडाको चिनारि हो। अचम्मको "थाहा" स्तम्भ, नमुना "मिनि जू", "मदन बाटिका, आदिले स्मारकलाई रमणिय बनाएको छ। अझ हेटौँडामा मनकामना पनि रहेछ, स्वयम्भुको जस्तो डाँडा मथिवाट हेर्दा त साच्चै त्यो शहर रमणिय लाग्छ । अझ पुष्प स्म्रितिमा रहेको पोखरिमा डुङा चढ्दा त फेरि पनि जाउँ जाउँ लाग्छ।

चहलपहल सँबिधानसभाको



सँविधानसभाको मिती नजिकिदै गर्दा युवाहरु पनि सचेतनाका लागि लगिपर्दैछन। रन्जना राई अहिले त्यहि सचेतनाको लागि प्रयास गर्दैछिन्। सँविधानसभामा महिला, दलित्, जनजाति तथा पिछडिएकाहरुको पनि समान पहुँच र अवसर हुनुपर्छ भनेर ब्यापक आवाज उठाइएको छ।

Saturday, July 7, 2007



लाङ्टाङ्-थोरङ्पाश भाकाको लोक गीतको छायान्कन रसुवामा भएको छ। लाङ्टाङ्-थोरङ्पाश गर्दा- गर्दै स्थानिय युवतीसँग प्रेममा फसेको एक युवकको कथा उनिएको छ यस गीतमा। गायक दामोदर खतिवडा गीत मार्फत यस क्षेत्रको प्रवर्दन गर्न चाहनुहुन्छ। तस्विरमा स्थानिय कलाकारहरु।

तस्विर:- हेमनाथ खतिवडा

Tuesday, July 3, 2007

आगोको खतरा !!!


रसुवामा यो बर्ष दुई जनाको डढेलोले ज्यान लिएको थियो।

Why did यू break my हार्ट?


प्रेममा घायल प्रेमिको बेदना, जुन मैले ठुलो स्याफ्रुबाट फर्कदा बाटोमा देखेँ।

Destination Gosainkund

गोसाईकुन्ड यात्राको पहिलो दिन हामी निक्कै हिँड्यौँ। राती आठ बजे हामी ढिम्साको उकालो लाग्दै थियौँ।थकित साथीहरु हिँड्न सकेनन्, अझ हामी टर्च लाइट बिना थियौँ।चन्दनबारिमा होटल देखेपछि मात्र हामीलाई ढुक्क भयो।