Friday, August 10, 2007

हामि पनि ट्रेकिङ जाने!!


यि कलिला नानिहरुपनि सात समुद्र पारिबाट यहाँ ट्रेकिङ जान भनेर नै आएका हुन। लाङटाङ जाने भनेर लौरो टेक्दै धुन्चेबाट हिँडदा मैले यो फोटो र जानकारि पाएँ।

चिज भनेको चिजनै हो नि....



डि डि सि को यो चिज फ्याक्ट्री विक्रम सम्वत २०२८ सालमा स्थापना भएको हो। दैनिक २००० लिटर भन्दा बढि चौँरिको दुध खपत हुने यस फ्याक्ट्रीले याक चिज उत्पादन गर्छ, जुन उच्च गुणस्तरको मानिन्छ। यहाँ उत्पादन हुने चिज काठमाडौँमा सजिलै खपत हुन्छ। यसो एक दुई किलो चिज किनिहल्ने पो हो कि? चाखि हेरौ न हामि पनि कस्तो हुँदो रहेछ।

डाँडैमा मेला लागेछ, रसुवाले बोलाईरहेछ.......





हरेक बर्षझैँ यस बर्ष पनि गोसाईकुन्डको मेला सुरु हुनै लागेको छ।यस बर्ष करिव २५००० जनाले गोसाईकुन्डको दर्शन गर्ने अनुमान गरिएको छ। थुप्रै स्थानमा अस्थाई थर्पुहरु राखिएका छन। यो उत्साहको बिच मुलखर्कको पहिरो कठिन चुनौति भएको छ। गोसाईकुन्डमा नुहाउनाले पापबाट मुक्ति पाईन्छ भन्ने विस्वाश गरिन्छ। समुद्र मन्थन गर्दा निस्केको कालकुट विष शेवन गर्दा भएको डाहलाई शान्त पार्न भगवान शिवले त्रिशुलले पहाड खोप्दा चिसो पानि निस्कियो र त्येहि पानि खाई विषको डाह शान्त पारेका थिए भन्ने पौराणिक कथन छ। अत: हामि सबैले यो महान धार्मिक स्थलको भ्रमण गरि पुण्य कमाऔँ र आन्तरिक पर्यटनलाई प्रवर्दन गरौँ। गोसाईकुन्डमा सम्पुर्ण भक्तजनहरुलाई स्वागत छ।

Monday, August 6, 2007

पहिरोले दिएको पीडा




रसुवाको कालिकास्थान र जिबजिबेको विचमा रहेको धोबि खोलामा गएको पहिरोले गर्दा हज्जारौँ स्थानियबासीहरुले दुख पाईरहेका छन। यो पहिरोले रसुवाको दक्षिणि भेगलाई प्रमुख वजार कालिकास्थानसँग छुट्याएर पुर्वि भेगलाइ दुर्गम मात्र बनाएको छैन, बिकास प्रक्रियामा यहि पहिरोले वाधा पुर्याएको छ। के गर्नु, प्रक्रितिनै विरुद्दमा लागेपछि? रोकथामका प्रयासहरु नभएका होइनन् तर पनि समस्या यथावत नै छ।

Wednesday, August 1, 2007

मोह लाहुरको

केटि सारै हतार देखिन्थी। तिन बर्ष अघि भेटदा उ निक्कै सोझि लाग्थ्यो मानौँ, उ सजिलै बेचिन सक्थी। तर आज उ अर्कै भएकि छे, बाठि अनि सचेत। उसको केहि दिनपछि फ्लाइट छ ओमानको। न त उसलाई त्यहाँको भाषा आउँछ, न त कुनै सिप नै छ उसँग। फेरि एउटा घरमा काम गर्न जान लागेकि छ। तलब पनि १८००० मासिक रहेछ। पैसा त राम्रो रहेछ अझ आफ्नै दिदिले बोलाएको त्यहाँ। तर पनि मलाई त्यो केटिले सोचेजस्तो होला भन्ने लाग्दैन। उ त्यहाँ शोसित हुने सम्भाना ज्यादै छ। न त उसलाई त्यहाँको भाषा आउँछ, न त कुनै सिप नै छ उसँग, त्यसैले उ माथि यौनशोषण हुने सम्भावना छ। या त उ त्यो खतरालाई सामान्य सोचिरहेकि छ या त उ यसबारेमा अनभिज्ञ छे। बढ्दो बिदेश मोहको साथै चुनौतिहरु र खतराहरु पनि हामिमाझ छन्। बिदेशिने परम्पराको साथै आउने यस्ता खतराहरुलाई सामना गर्न सरकार र सबै सरोकारवालाहरु लागिपर्नुपर्छ। नत्र एच आई भी को साथै अन्य समस्याहरु देखा पर्नेछन्, जुन हामिलाई निक्कै महगोँ पर्नेछ। अहिले यो केटि जस्ता हज्जारौँ महिलाहरु बिदेशिएका छन्, जो दुर्ब्यबहारमा फस्ने खतरा छ, अत हामि सबै यसप्रति सचेत हुनु आवश्यक छ।